डाट्सन तथा निसान गाडीको देशभर निःशुल्क मनसुन सर्भिस क्याम्प

 साउन ९, २०७६ बिहिबार २०:९:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – डाट्सन तथा निसान गाडीको लागि नेपालको आधिकारिक विक्रेता पायोनियर मोटो कर्पले देशभर निःशुल्क मनसुन सर्भिस क्याम्प सुरु गरेको छ । 
बिहीबारदेखि सुरु भएको क्याम्प आउँदो बिहीबार श्रावण १६ गतेसम्म सञ्चालन हुँदैछ । 

यो सर्भिस क्याम्प नेपाल अधिराज्यभर रहेका कम्पनीका आधिकारिक सर्भिस सेन्टरहरुमा सहजै उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यस क्याम्पमा ग्राहकहरुले निःशुल्क गाडी चेक अप, निःशुल्क टप वास, स्पेयर पार्टको खरिदमा २० प्रतिशतसम्म छुट, अन्य पार्टपुर्जाहरु किन्दा ३० प्रति छुट लगायत बाढीले क्षति भएका निसान तथा डाट्सन गाडीेलाई विशेष सुविधा प्रदान गरिने बताइएको छ ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया