क्यान्सर उपचार सफल भएका बालबालिकाको र्‍याम्प वाक

 साउन १९, २०७६ आइतबार २०:४५:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - क्यान्सर लागेर उपचार सफल भएका बालबालिकाको शनिबार र्‍याम्प वाक सम्पन्न भएको छ ।

र्‍याम्प वाकमा बालबालिकासहित झण्डै ५० जना सहभागी भएका थिए । शनिबार ललितपुरको सानेपामा नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर र नेपाल क्यान्सर सहयोग समूहले संयुक्त रुपमा कार्यक्रम गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुनले एक महिनाको तलब क्यान्सर पिडितको उपचारका लागि सहयोग गर्ने बताउनुभयाे । नेपालमा १० देखि ११ हजार बालबालिकामा विभिन्न खालको क्यान्सर देखिएको नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरले जनाएको छ । सुरुवाती चरणमै थाहा पाउन सके बालबालिकाको क्यान्सर निको पार्न सकिने पनि अस्पतालले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया