हुवावेले सार्वजनिक गर्‍याे ‘हार्मोनी ओएस’, गूगलको एन्ड्रोइडलाई टक्कर दिने

 साउन २५, २०७६ शनिबार ९:५१:२७ | एजेन्सी
unn.prixa.net

गूगलको एन्ड्रोइडलाई टक्कर दिन हुवावे टेक्नोलोजीले शुक्रबार ‘हार्मोनी ओएस’ नामक अपरेटिङ प्रणाली सार्वजनिक गरेको छ ।

हुवावले हामोनी ओएस सार्वजनिक गरेसँगै यसले एन्ड्रोइडलाई टक्कर दिने अनुमान गरिएको छ । यसका साथै अपरेटिङ सिस्टमका लागि अमेरिकी प्रविधिमा रहेको निर्भरता पनि घट्ने बताइएको छ ।

हार्मोनी ओएस सार्वजनिक गर्दै हुवावेका कन्जुमर बिजनेसतर्फका सीईओ रिचडए यूले यो अपरेटिङ सिस्टममा स्मार्ट स्पिकर भएको बताए । सीईओ यूका अनुसार यो सेन्सरमैत्री पनि रहेको छ ।  त्यसैले यो प्रणाली विभिन्न डिभाइसहरुमा प्रयोग गर्न सकिने पनि उनले बताए । यो अपरेटिङ सिस्टम स्मार्टफोनदेखि स्मार्ट स्पिकर र सेन्सरसम्म प्रयोग गर्न मिल्ने उनले बताए ।

सीईओ यूका अनुसार हार्मोनी ओएस माइक्रोकेर्नलमा आधारित रहेको छ । अर्थात कमभन्दा कम संसाधानको प्रयोग गरेर अपरेटिङ स्पीड बढाउन सकिन्छ । यसमा आर्क कम्पाइलर पनि रहेको छ । जसले सहयोगमा सी, सी प्लस, जाभा स्क्रिप्ट तथा कोटलिनजस्ता बडी ल्याङ्ग्वेजलाई समेत सपोर्ट गर्दछ ।

बेला–बेलामा चीन–अमेरिकाबीचको व्यापारिक सम्बन्धमा उतारचढाव आउँदा हुवावेले समस्या भोग्दै आएको छ । यसअघि हुवावेलाई गूगलले एन्ड्रोइड प्रयोग गर्न नदिने बताएको थियो । त्यसैले पनि उसले आफ्नै अपरेटिङ प्रणालीको विकास गर्ने बताएको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया