धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
धनकुटा - मालपोत कार्यालय धनकुटाले अनलाइन जग्गाधनी पुर्जा वितरण सुरु गरेको छ ।
कागजी प्रक्रियाबाट काम गर्दा ढिलो र झन्झटिलो भएको भन्दै अनलाइनमार्फत जग्गाधनी प्रमाण पुर्जा वितरण सुरु गरिएको हो । भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक गोकर्णमणि दुवाडीले धनकुटाका एक सेवाग्रहीलाई डिजिटल मालपोत रजिष्ट्रेशन नम्बर प्रदान गरी अनलाइन सेवा आरम्भ गर्नुभएकाे हाे ।
भूमिसुधार मन्त्रालयले एकपछि अर्को गर्दै मालपोत कार्यालयलाई अनलाइन प्रणालीमा लैजान सुरु गरेको छ । काठमाण्डौको कलंकी मालपोत कार्यालयबाट सुरु गरिएको अनलाइन प्रणाली हालसम्म १ सय ३१ मध्ये ७८ मालपोत कार्यालयमा सुरु भएको छ । गुणस्तरीय सेवा प्रदान गर्न र एउटै जग्गा जालसाँजी गरी फरक–फरक व्यक्तिलाई बेच्दै ठगी गर्न नसकुन् भनेर अनलाइन प्रकृया मार्फत जग्गाधनी प्रमाण पुर्जा वितरण सुरु गरिएको महानिर्देशक दवाडीले बताउनुभयाे ।
सेवाग्राहीलाई छरितो र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले अनलाइन प्रणाली सञ्चालन गरिएको मालपोत कार्यालय धनकुटाका प्रमुख जितमान जिमीले बताउनुभयाे । अनलाइन प्रणाली सुरु भएपछि आफ्नो जग्गा कति छ भनेर सेवाग्राहीले मोबाइल मार्फत नै विवरण लिन सक्नेछन् । अनलाइनका कारण कसैले जालझेल गरी अरुको जग्गा बिक्री वितरण गर्न लागेको अवस्थामा तुरुन्त जग्गावालाले जानकारी पाउने प्रमुख जिमीले जानकारी दिनुभयाे ।
अनलाइन प्रणालीमा जग्गा पास गरे पनि अफलाइन रेकर्ड पनि राख्ने गरिएको छ । अनलाइन प्रणालीमा जग्गा पास गर्न पनि अहिलेको व्यवस्था अनुसार नै तमसुकमा लेख्नै पर्छ । त्यसकारण यसलाई पूर्ण रुपमा अनलाइन भने मान्न नमिल्ने प्रमुख जिमीकाे तर्क छ।
पूर्णरूपमा अनलाइन भएपछि भने तमसुक (लेखापढी व्यावसायीले लेखिदिने जग्गा किनबेचको कागजी प्रमाण) मा भने लेख्ने झञ्झट हुँदैन । तमसुकमा लेखेपछि त्यसैको आधारमा अनलाइन प्रणालीमा फारम दर्ता गरिन्छ । आफ्नो सक्कल नागरिकतासहित तमसुक पनि कम्प्युटर अपरेटरलाई दिएपछि अपरेटरले तमसुक अनुसारको सबै विवरण अनलाइनमा इन्ट्री गर्छन् ।
त्यसपछि मालपोत अधिकृतले त्यसलाई प्रमाणीकरण गर्नुपर्दछ । मालपोत अधिकृतपछि प्रमुख मालपोत अधिकृतले पनि प्रमाणीकरण गर्नुपर्दछ । त्यसपछि भने जग्गा किन्ने बेच्ने मानिस र दुईजना साक्षीको कम्प्युटरले फोटो खिच्छ । विद्युतीय औँठाछाप पनि लिइन्छ । औँठाछाप र नागरिकता नम्बरमा सबै डाटा सुरक्षित गरिन्छ । एकपटक अनलाइनमा रखिएको डाटा अर्को पटक किनबेच गर्दा झनै छिटो हुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।