गएको वर्ष जापानमा १ सय २५ वर्षयताकै कम शिशु जन्मिए
फागुन १५, २०८१ बिहिबार
ललितपुर – लगनेखलमा रहेको नमुना मच्छिन्द्र माविले सर्वोच्च अदालतको फैसलाका कारण विद्यालय सञ्चालन गर्न समस्या भएको बताएको छ ।
२०३४ सालदेखि विद्यालयको नाममा रहेको १४ रोपनी १० आना जग्गा सर्वोच्च अदालतले सार्वजनिक जग्गा रहेको फैसला गरेपछि जग्गाको अभावमा विद्यालय चलाउनै नसक्ने अवस्था आएको प्रधानाध्यापक राधाकृष्ण महतले बताउनु भयो ।
सर्वाेच्चको फैसलाका कारण विद्यालयको भवन र दृष्टिविहीन विद्यार्थी बसिरहेको छात्रावास भत्काउनुपर्ने अवस्था आएको विद्यालय प्रशासनले जनाएको छ ।छात्रावासमा अहिले २० जना विद्यार्थी बसिरहेका छन् । विद्यालयले उपयोग गरिरहेको खेल मैदान पनि सार्वजनिक जग्गामा रहेको सर्वाेच्चले फैसला गरेको छ ।
विद्यालयका भवन जीर्ण भएपछि जापानी सहयोग नियोग (जाईका) ले दुई ओटा भवन बनाइदिएको छ । थप दुई ओटा ठूला भवन बनाउने काम अघि बढिरहेका बेला सर्वोच्चले जग्गा नै विद्यालयको नभएको फैसला गरेपछि नयाँ भवन पनि नबन्ने भएका छन् ।
२०२२ सालमा खुलेको विद्यालयको भवन २०२३ सालमा नक्सा पास गरेर बनाइएको र २०३४ सालमा विद्यालयको नाममा लालपुर्जा आएको प्रधानाध्यापक महतले जानकारी दिनुभयो । २०३४ सालमा कित्ता नम्बर १२६ को २०५ रोपनी जग्गामध्ये कित्ता नम्बर २१२ कायम भइ विद्यालयको नाममा १४ रोपनी १० आना जग्गा आएको थियो ।
विद्यालय सार्वजनिक सम्पत्ति भए पनि यो कुरालाई ध्यान नदिइँदा समस्या भएको प्रधानाध्यापक महतले बताउनु भयो । २०३४ सालमा नै १२६ नम्बर कित्ताबाटै कित्ताकाट गरी नेपाल स्काउट, सेनाको राजदल गण, मालपोत कार्यालय, जिल्ला अदाल लगायतले उपभोग गरिरहे पनि ती जग्गाबारे कुनै मागदाबी नगरिएको विद्यालयले गुनासो गरेको छ ।
विद्यालयका नाममा मालपोत कार्यालयबाट ३२ वर्षअघि नै लालपुर्जा जारी भैसकेको जग्गालाई मात्र सार्वजनिक भएको दावी गरिएको र त्यसै अनुसार फैसला भएको विद्यालयले दाबी गर्दै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Krishna tamang
Sept. 17, 2019, 11:31 p.m.म अहिले नमुना मच्छिन्द्र माविको कक्षा १० मा पढ्दै छु। सर्वोच्च अदालतको फैसलाका कारण हामी विद्यार्थीलाई पढ्नमा निकै असहज भएको छ।पानी पर्दा कक्षा कोठामा पानी छिरेर पढ्न नस्ने अबस्था छ।बाल बालिकाले गुणस्तरिय शिक्षा पाउनेे हक सविधानमा सुनिस्चित गरिएको छ तर पनि हामीले त्यस हककाे प्रयोग गर्न पाएका छैनौ।"We need justice "यहाँ धर्म र सस्कृतिकाे नाममा बाल बालिकाकाे हक र अधिकारकाे बलि चढै राखेका छन्।