पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
मकवानपुर - मकवानपुरको दुई ठाउँबाट प्रहरीले ठूलाे परिमाणकाे लागुऔषध गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ ।
राक्सीराङ गाउँपालिका वडा नम्बर-३, सरिखेत पलासे र हेटौंडा १५ रातोमाटेबाट प्रहरीले एक सय ३ केजी गाँजासहित पाँच जनालाई मंगलबार पक्राउ गरेको हो ।
पलासे बसपार्कबाट ८१ केजि ७६० ग्राम गाँजासहित १ जना पक्राउ परेका हुन् । गाँजासहित पक्राउ पर्नेमा सप्तरीकाे डाक्नेश्वरी गाउँपालिका वडा नम्बर-९ बस्ने ४० वर्षीय घुरन साहलाई रहेकाे जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंंहले बताउनुभयो ।
मकवानपुरका प्रहरी निरीक्षक पवन कुमार झाको कमाण्डमा खटिएको टोलीले ४ वटा प्लास्टिकको बोरामा गाँजा प्याक गरेर गाडी कुरिरहेको अवस्थामा फेला पारेर बरामद गरेको हो । यसैगरी रातोमाटेबाट कारमा राखेर निकासी गर्न लागिएको अवस्थामा २१ केजी ५ सय ग्राम गाँजा बरामद गरेकाे हाे । कारसहित चार जनालाई नियन्त्रणमा लिइएकाे एसपी सिंहले जानकारी दिनुभयो ।
कार र गाँजासहित भारतकाे मोतिहारी, नयाटोल बस्ने २५ वर्षीय कार चालक मुकेश सहनी, कारमा रहेका त्यसै ठाउँका २५ वर्षिय राज कुमार, मोतिहारी चिन्तामनपुरकाे हरीसिद्धि बस्ने ३५ वर्षीय ओम प्रकाश चौधरी र नेपालकै पर्सा जिल्लाकाे बिन्दवासिनी गाउँपालिका-५ बस्ने ५० वर्षीय जितेन्द्र प्रसाद यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
हेटौंडाबाट विरगन्जतर्फ जाँदै गरेको एच आर ५१ एल ५२४१ नम्बरको भारतीय कारलाई शंका लागेर जाँच गर्दा कारको पछाडिको सिटमुनि फल्स बटम बनाएर प्लाष्टिकको पोकामा लुकाइएकाे अवस्थामा गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।