पहिलो संस्करणको नेपाल कबड्डी लिगमा ६ वटा टोलीले सहभागिता जन...
मंसिर ८, २०८१ शनिबार
काठमाण्डौ – अझै केहीदिन मनसुन कमजोर हुने मौसमविद्ले अनुमान गरेका छन् । मनसुनी न्यूनचापीय रेखा साविक स्थानमा रहेकाले कम पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनी न्यूनचापीय रेखाको साविक स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरियाणा, दिल्ली, दक्षिण–उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगालदेखि बंगालको खाडीसम्म बुझ्नु पर्ने हुन्छ ।
तर बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावले केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने र कुनै–कुनै ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको मौसमविद् मञ्जु बासीले बताउनुभयो । यस्तै, कतै नजिकै पानी परेपनि नजिकै अर्को ठाउँमा पानी नपर्न पनि सक्ने उहाँको भनाइ छ । कम पानी परेसँगै दिउँसो चर्को घाम लाग्दा हिँड्डुल गर्नै समस्या भएको छ ।
सामान्यतया जुन १० मा नेपाल प्रवेश गरेको मनसुन सेप्टेम्बर २३ मा बाहिरिन्छ । मनसुन सकिन एक महिना बाँकी नै भएकाले पानी पर्ने संभावना अझै रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार बुधबार देशका केही ठाउँमा मेघगर्जनसहित हल्का पानी पर्ने र पूर्वी र पश्चिमी पहाडी भू–भागको एक दुई ठाउँमा ठूलो पानी पर्ने उहाँको अनुमान छ ।
यस्तै, बुधबार उदयपुर, सिन्धुली, मकवानपुर, रामेछाप, काठमाण्डौ र आसपास, नुवाकोट, गोरखा, तनहुँ, नवलपरासी, रूपन्देही, पाल्पा, अर्घाखँंची, प्युठान, दाङ, रोल्पा, सल्यान, डोटी, बाँके जिल्ला भएर बहने नदीमा एक्कासी बाढी आउन सक्ने भएकाले नदी आसपास हिँड्डुल गर्दा सजग हुन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।