मौसम : देशभर आंशिकदेखि सामान्य बदली, मध्य र पश्चिमको केही ठाउँमा ठूलो वर्षाको सम्भावना

 भदौ ५, २०७६ बिहिबार ८:२९:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बिहीबार देशभर आंशिकदेखि सामान्य बदली हुने र केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी न्यूनचापीय रेखा (मनसुनको समयामा वर्षा गराउने प्रणाली) साविकको स्थानको आसपास (भारतको उत्तरी राजस्थान, हरियाणा, दिल्ली, दक्षिण–उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल) मा रहेकाले केहीदिनदेखि नेपालको मनसुनी गतिविधि केही कमजोर बनिरहेको छ । 

मनसुन केही कमजोर भए पनि बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावले देशभरी कै मौसम आशिंकदेखि सामान्य बदली हुने र केही ठाउँमा पानी पर्ने अनुमान गरिएको मौसमविद् गंगा नगरकोटीले बताउनुभयो ।

मौसमविद् नगरकोटीका अनुसार मध्य र पश्चिमको केही ठाउँमा भने ठूलो पानी पर्ने संभावना छ । बिहीबार चुरेबाट बहने खोलामा एक्कासी बाढी आउन सक्ने भएकाले नदी आसपास हिँड्डुल गर्दा सजग हुन पनि महाशाखाले अनुरोध गरेको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया