काञ्जिहाउसमा नअटेपछि किसानहरुलाई बाँड्न गाईगाेरु पठाइएकाे नेपालगञ्ज उपमहानगरपालिकाको भनाइ

 भदौ १३, २०७६ शुक्रबार २०:२४:४० | गोविन्द शर्मा
unn.prixa.net

बाँके - नेपालगञ्जबाट सुर्खेत हुँदै दैलेख लैजाने क्रममा केही पशु चौपायाहरु मरेको भन्ने समाचारहरुप्रति नेपालगञ्ज उपमहानगरपालिकाकाे  गम्भीर ध्यानाकर्षण भएको छ ।  

सुर्खेतको कटकुवासम्म ट्रकमा र त्यहाँबाट पैदलै दैलेखको श्रीस्थान समेतका क्षेत्रमा पुर्‍याउने क्रममा केही पशुचौपायको मृत्यु हुन गएको भन्ने जानकारी आएकोले ती पशु चौपायाहरु अशक्त, रोगी भएर स्वाभाविक मृत्यु भएको हो वा अन्य कारणले हो भन्ने विषयमा यथार्थ छानबिनका लागि प्रशासनसँगको समन्वयमा छानबिन समिति गठन गरिने उपमहानगरपालिकाका कार्यवाहक प्रमुख सुनील सिंह हमालद्धारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

नेपालगञ्जमा सडकमा सयौँको संख्यामा छाडा पशु चौपायका कारण दैनिक जसो दुर्घटना भएपछि निर्माणाधीन ५० वटाको क्षमता रहेको काञ्जीहाउसमा ६०० सम्म पशु चौपाया राखिएकाे थियाे । 

कार्यवाहक प्रमुख हमालका अनुसार दैनिकजसो सवारी दुर्घटना हुने र किसानको बालीनालीमा क्षति भएपछि काञ्जिहाउसमा रहेका सबै पशुहरु किसानलाई वितरण गर्ने भन्दै सार्वजनिक सूचना जारी भए पनि केही थान मात्रै पशुहरु किसानले लिएकाेले साेचेजस्ताे परिणाम आउन सकेन । 

 

प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलका अनुसार छाडा पशु चौपायाको समस्या समाधान हुन नसकेपछि नेपालगञ्ज उपमहानगरपालिकाले काञ्जिहाउसमा रहेका पशुहरु किसानलाई उपलब्ध गराउने र त्यहाँ सडकमा रहेका थप पशुहरु ल्याउने नीति अनुरुप बिहीबार ८ वटा ट्रकमा २९१ पशु चौपाया सुर्खेत हुँदै दैलेखसम्म लैजानका लागि नेपालगञ्जबाट पठाइएको थियो ।

सीमावर्ती भारतीय क्षेत्रबाट दैनिक रुपमा भित्रिने छाडा पशु चौपायहरुमध्ये  अधिकांश रोगी, वृद्ध, अशक्त, घाइते अवस्थाका हुने भएका कारण आफैँ र उपचारको क्रममा समेत मर्ने गरेका छन् । उपमहानगरपालिकाको तथ्यांक अनुसार यस वर्षको वर्खायाममा मात्रै झण्डै सय ओटा पशु चौपाया काञ्जिहाउस र सडकमा मरेको अवस्थामा फेला परेका छन् ।

अन्तिम अपडेट: फागुन २८, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

1 Comments

  • sc14041

    Aug. 30, 2019, 11:50 p.m.

    Hait 2 month ma samsaya samadhan gari dinxuu.. yati Sano samasyaa. Mind use garnu paryo ni... Saknu hunaa vanya contact me.

  •  0 Reply

तपाईको प्रतिक्रिया