यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

 भदौ १५, २०७६ आइतबार ७:४९:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आइतबार देशभरको मौसम आशिंकदेखि सामान्य बद्ली हुने र केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मध्य र सुदूरपश्चिमका केही ठाउँमा भने अहिले पनि पानी परिरहेको र यो क्रम दिनभरजस्तै रहने मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । 

काठमाण्डौसहित देशका अन्य ठाउँमा भने विस्तारै मौसम खुल्दै गएर दिउँसो घाम लाग्नेछ । यस्तै, आइतबार राति देशका धेरैजसो ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना छ । 

बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण पानी परेको हो । यसको प्रभाव सोमबार बिहानसम्म रहने मौसमविद् श्रेष्ठले जानकारी दिनुभयो । 

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

भदौ १५ गते आइतबार 

दिउँसो : देशको पश्चिमी भू–भागमा सामान्य बदली रहने, मध्य तथा पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । पश्चिमका धेरैजसो ठाउँ, पूर्व र मध्यका थोरै ठाउँमा मेघगर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

राति : देशभरी आंशिकदेखि सामान्य बदली रहने, पूर्व र मध्यक केही ठाउँ र पश्चिमका केही ठाउँमा मेघगर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

भदौ १६  गते सोमबार

दिउँसो : देशभरी आंशिकदेखि सामान्य बदली रही थोरै ठाउँमा मेघ गर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

राती : देशभरी सामान्य बदली रही पश्चिमका थोरै ठाउँ, पूर्व र मध्यका केही ठाउँमा मेघ गर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

भदौ १७  गते मंगलबार

दिउँसो : देशभरी आंशिकदेखि सामान्य बदली रही केही ठाउँमा मेघ गर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

राति : देशभरी सामान्य बदली रही पश्चिमका धेरै ठाउँमा साथै मध्य तथा पूर्वका केही ठाउँमा मेघ गर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । पश्चिमका केही ठाउँमा भारी वर्षाको सम्भावना छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया