साँगुरीगढीका अति विपन्न १६ परिवारलाई साैर्य बत्ती वितरण

 भदौ १७, २०७६ मंगलबार १४:५८:४१ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा - वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले धनकुटाको साँगुरीगढी गाउँपालिकाका अति विपन्न परिवारलाई साैर्य बत्ती वितरण गरेको छ ।

गाउँपालिकालाई टुकीरहित बनाउने अभियान अन्तरगत वडा नम्बर ९ र १० का अति विपन्न १६ घर परिवारलाई सोलार वितरण गरिएको हो । साँगुरीगढी गाउँपालिकाको पहलमा वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको सहयोगमा सोलार सेट वितरण गरिएको गाउँपालिकाकी उपाध्यक्ष बिन्द्र राईले बताउनुभयाे ।

वडा नम्बर ९ का ८ तथा १० का ८ घरलाई वितरण गरिएको सोलार सेटकाे मूल्य प्रतिसेट झण्डै ८ हजार रुपैयाँ पर्ने जनाइएकाे छ । याे सेटबाट ३ वटा बत्ती बाल्न सकिन्छ ।

साँगुरीगढी गाउँपालिकामा १० वटा वडाहरु रहेका छन् । सबै वडाहरुका ८-८ घर परिवारलाई वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले सोलार वितरण गर्ने गाउँपालिकाले जनाएको छ । अहिलेसम्म पनि बत्ती जडान गरेरबाल्न नसकेका विपन्न परिवारहरु पहिचान गरी गाउँपालिकाको पहलमा वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रसँग समन्वय गरेर सोलार सेट वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

अन्तिम अपडेट: फागुन २९, २०८०

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया