बन्यो ग्राउण्ड स्टेशन, अब नेपालबाटै स्याटेलाइटले खिचेका तस्बिर हेर्न सकिने

 भदौ २५, २०७६ बुधबार २०:२७:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  नेपाली स्याटेलाइट प्रक्षेपण भएको पाँच महिनापछि ग्राउण्ड स्टेशन निर्माण भएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले न्यानो स्याटेलाइट प्रक्षेपण गरेको पाँच महिनापछि ललितपुरको खुमलटारमा रहेको नास्ट परिसरमा ग्राउण्ड स्टेशन निर्माण गरिएको हो ।

नास्टका प्रविधि संकाय प्रमुख रवीन्द्र ढकालले ग्राउण्ड स्टेशन निर्माण गरेर सबै प्राविधिक काम सकिएको जानकारी दिनुभयो । तर नेपाली स्याटेलाइटसँग सम्पर्क स्थापित हुन नसकेका कारण तथ्यांक लिन अझै केही दिन लाग्ने उहाँले बताउनुभयो ।

ग्राउण्ड स्टेशनको एन्टेना स्याटेलाइट घुमेको दिशातिर घुम्नुपर्ने भए पनि त्यो घुम्न नसकेकाले स्याटेलाइटलसँग सम्पर्क हुन नसकेको हो । नास्टका वैज्ञानिक आभास मास्के र हरिराम श्रेष्ठले जापानमा निर्माण गरेको नानो स्याटेलाइट गएको वैशाख ५ गते अमेरिकाबाट प्रक्षेपण गरिएको थियो । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया