काठमाण्डौ महानगरपालिकाले भोलि र पर्सि राष्ट्रिय सभागृहमा शैक्ष...
फागुन १५, २०८१ बिहिबार
सोलुखुम्बु - सोलुखुम्बुको चौँरीखर्कबाट पर्यटक लिएर काठमाण्डौ आउँदै गरेका १० वटा हेलिकप्टरमध्ये आठ वटा हेलिकोप्टर अझै बाटोमै रोकिएका छन् ।
बिहान केहीबेर मौसम सफा हुँदा चौँरीखर्कको सुर्के पुगेर फर्किएका १० वटा हेलिकप्टर मौसम खराबीका कारण विभिन्न ठाउँमा अवतरण गराइएका थिए । बाटोमा अवतरण गरिएकामध्ये दुईवटा हेलिकप्टर काठमाण्डौ आइपुगेका त्रिभुवन विमानस्थलले जनाएको छ ।
मौसम खराब हुँदा गएको शनिबारदेखि लुक्लामा उडान हुन सकेको छैन । लुक्लामा रोकिएका पर्यटक लिन साेमबार गएका आठ वटा हेलिकोप्टर मौसमका कारण ओखलढुङ्गाको रुम्जाटार विमानस्थलमै रोकिएका थिए ।
मंगलबार बिहान केही बेर मौसम सफा भएको बेला लुक्लाभन्दा केही तल सुर्केबाट पर्यटक लिएर फर्कँदै गर्दा मौसमका कारण हेलिकप्टर काठमाण्डाै आइपुग्न नसेकका हुन् । अहिले सोलुखुम्बुको खरिखोलामा एक, सोलुखुम्बुकै बासामा दुई, काभ्रेको पाँचखालमा दुई, धुलिखेलमा एक रोशीखोलामा एक र रामेछापमा एउटा हेलिकप्टर रोकिएका छन् ।
लुक्ला विमानस्थलमा उडान हुन नसक्दा लुक्लामा अहिले तीन सयभन्दा धेरै पर्यटक रोकिएका व्यवसायीहरुले बताएका छन् । मंगलबार मात्रै लुक्ला विमानस्थलमा ३० वटा उडान हुने तालिका रहेकोमा एउटा पनि उडान हुन नसकेको लुक्ला विमानस्थलका प्रमुख ईमनाथ अधिकारीले जानकारी दिनुभयो ।
सोलुखुम्बुको खुम्बु क्षेत्रमा सडक यातायातको व्यवस्था नहुँदा मौसममा खराबी आउँदा पर्यटकहरु अलपत्र पर्ने गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।