काठमाण्डौ महानगरपालिकाले भोलि र पर्सि राष्ट्रिय सभागृहमा शैक्ष...
फागुन १५, २०८१ बिहिबार
काठमाण्डौ – आज विश्व गैंडा दिवस, संरक्षणको क्षेत्रमा काम गर्नेले विश्वभरी नै विभिन्न कार्यक्रम गरेर मनाइरहेका छन् ।
गैंडा संरक्षणको लागि भन्दै प्रकृतिको लागि विश्वव्यापी कोष डब्लूडब्लूएफ ले सन् २०१० देखि यो दिवस मनाउने निर्णय गरेको हो । अहिले विश्वमा कालो, सेतो, एक सिंगे, सुमात्रान र जाभा गरी पाँच प्रकारका गैंडा छन् ।
नेपालमा भने एक सिंगे गैंडा मात्रै पाइन्छ । सन् २०१३ मा गरिएको गणना अनुसार नेपालमा ६ सय ४५ वटा गैंडा छन् । चितवन राष्ट्रिय निकुञ्जमा मात्रै नेपालमा ६ सय ५ वटा गैंडा छन् । निकुञ्जका अनुसार आर्थिक वर्ष २०७४/७५ मा २६ वटा गैंडा मरेका छन् भने २०७५/७६ मा ४३ वटा मरेका छन् ।
निकुञ्जले आउँदो चैत महिनामा गैंडा गणना गर्ने योजना बनाएको निकुञ्जका सूचना अधिकारी गोपालबहादुर घिमिरेले जानकारी दिनुभयो ।
यस्तै, सन् २०१३ मा गएको गणनामा बर्दिया राष्ट्रिय निकुञ्जमा २९, पर्सा राष्ट्रिय निकुञ्जमा ३ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ८ वटा गैंडा रहेका निकुञ्जहरुले जनाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।