महाकुम्भ मेला समापन, ६६ करोड जनाभन्दा धेरैले स्नान गरे
फागुन १५, २०८१ बिहिबार
चितवन – छोरीलाई बलात्कार गर्ने बाबुलाई जन्मकैदको फैसला भएको छ । १४ वर्षीया छोरीलाई बलात्कार गरेको आरोप लागेका खैरहनी नगरपालिका १ का एक ४२ वर्षीय पुरुषलाई जन्मकैद (२५ वर्ष) को सजाय तोकिएको छ ।
२०७५ चैत २१ गते राति आमा माइत गएको अवस्थामा आफ्नै बाबुले बलात्कार गरेको भन्दै पीडित आफैले उजुरी दिएकी थिइन् । हाडनातामा बलात्कार भएको पुष्टि गर्दै जन्मकैदको सजाय भएको हो ।
चितवन अदालतका न्यायाधीश विनोदकुमार गौतमको इजलासले मंगलबार यस्तो फैसला गरेको हो । गएको असोज २ गते हाडनाता करणीमा बाबुले छोरीलाई बलात्कार गरेको घटनामा चितवन अदालतले ४० वर्ष कैदको फैसला गरेको थियो ।
त्यस्तै ३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा मुद्दा चलाइएका भारत पूर्वी चम्पारण घर भै भारतीय ट्रकमा काम गर्ने वर्ष १९ का जाहिर आलमलाई चितवन अदालतले गत आइतबार १६ वर्ष कैद फैसला सुनाएको थियो ।
चितवन जिल्ला अदालतले असोज पहिलो हप्तामा ५ वटा बलात्कारसम्बन्धी घटनामा फैसला गरेको छ । दुई वटा हाडनाता करणीसँग सम्बन्धित घटना हुन् भने बाँकी ३ वटा बलात्कारका घटना रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।