इटालियन सिरिएमा युभेन्टसको अपराजित यात्रा कायमै

 असोज ८, २०७६ बुधबार ६:४५:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

इटालियन सिरिएमा युभेन्टसले अपराजित यात्रा कायमै राखेको छ । पाँचौँ चरणको खेल जारी रहँदा युभेन्टस ४ खेलमा जित तथा एक खेलमा बराबरी गरी १३ अंकका साथ शीर्ष स्थानमा रहेको छ ।

बुधबार बिहान भएको खेलमा युभेन्टसले ब्रेस्कालाई २–१ गोल अन्तरले पराजित गरेको हो । चौथो मिनेटमै युभेन्टस १ गोलले पछि परे पनि पछि खेलमा फर्किएको थियो । 

अलेफ्रेडोले गोल गर्दैै ब्रेस्कालाई अग्रता दिलाएका हुन् । तर ४० औं मिनेटमा ब्रेस्काका जोन चान्सलरले आत्मघाती गोल गरेपछि युभेन्टस् खेलमा फर्किएको थियो । 

क्रिष्टियानो रोनाल्डोबिनै मैदान उत्रिएका युभेन्टसका लागि मिरालेम पिजेनिकले ६३ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो । 

यस्तै, अर्को खेलमा हेल्स भेरोना र उडनेसले गोलरहित बराबरी खेलेका छन् ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया