सुन आयातमा लाग्ने भन्सार दर घटेसँगै बजारमा प्रभाव, मूल्य घट्न ...
मंसिर ११, २०८१ मंगलबार
स्पेनिस ला लिगामा उपाधिको दावेदार टिम रियल मड्रिड ओसासुनालाई हराउँदै लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
बिहीबार भएको खेलमा रियलले घरेलु मैदानमा ओसासुनालाई २–० ले हरायो । रियलको जितमा भिनिसियस जुनियर र रोद्रिगोले एक–एक गोल गरे । सुरुवाती आधा घण्टा गोलरहित बराबरी खेलेको रियलले ३६ औं मिनेटमा अग्रता बनायो । उसका लागि टोनी क्रुसको पासमा भिनिसियस जुनियरले गोल गरे ।
पहिलो हाफमा एक गोलको अग्रता बनाएको रियलले दोस्रो हाफमा थप एक गोल गर्यो । ५७ हजार दर्शकमाझ भएको खेलमा रियलका लागि ७२ औं मिनेटमा रोद्रिगोले गोल गर्न सफल भए । त्यसपछि पनि रियलले अरु केहि मौका पाए पनि गोल थप्न सकेन ।
यो जितले रियलले ६ खेलमा १४ अंक बनाउँदै लिगको शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको समान खेलबाट १३ अंक रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।