गुरु नानकको सम्मानमा सिक्का निष्कासन

 असोज ११, २०७६ शनिबार ६:४२:६ | रासस
unn.prixa.net

काठमाण्डाै - नेपाल राष्ट्र बैंकले गुरु नानक देवको ५५० औँ जन्मोत्सवको अवसरमा विभिन्न दरका सिक्का निष्कासन गरेको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर चिरञ्जीवी नेपाल र नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले ती सिक्का शुक्रबार आयोजित समारोहमा सार्वजनिक गर्नुभयो । गुरु नानकको सम्मानमा निष्कासन गरिएका सिक्का रु १००, १००० र २५०० मूल्य दरका भएको बैंकका प्रवक्ता लक्ष्मीप्रसाद निरौलाले जानकारी दिनुभयो ।

समारोहमा शिख हेरिटेज अफ् नेपाल नामक पुस्तक पनि सार्वजनिक गरियो । सो अवसरमा शिख समुदायबाट नेपालको विकास र समृद्धिमा हुँदै आएको योगदानबारे जानकारी गराइएको थियो ।

त्यस अवसरमा गभर्नर डाक्टर नेपालले शिख समुदायबाट विभिन्न सामाजिक विकासका अतिरिक्त काठमाण्डौ उपत्यकाको खानेपानी विस्तार र नेपाल पब्लिक मोटर्स सर्भिस संस्थाका माध्यमबाट यातायात क्षेत्रको विकासमा निकै ठूलो योगदान भएको बताउनुभयो ।

नेपालका लागि भारतीय राजदूत पुरीले प्रत्येक व्यक्तिले आफूले  आर्जन गरेको ज्ञान र सीप अरूलाई पनि बाँड्नुपर्छ भन्ने मान्यता राख्ने गुरु नानक सम्पूर्ण मानवजातिकै गुरुको रूपमा रहनुभएको बताउनुभयो । संसारमै सबैभन्दा बढी पैदलयात्रा गर्ने गुरु नानकले २३ वर्षसम्म उदासी भेषमा रहेर चीन, साउदी, श्रीलङ्का, नेपाललगायतका देशको भ्रमण गर्नुभएको थियो ।

काठमाण्डौ उपत्यकामा गुरुनानक मठ बालाजु, विष्णुपादुका गुुरु नानक मठ ज्ञानेश्वर, पशुपति गुरु नानक मठ देवपतन, शोभा भगवती गुरु नानक मठ र थापाथली नानक मठ रहेको छ ।

उपत्यकाममा एक हजार ६०० रोपनीभन्दा बढी जग्गा गुरु नानक सभ्यताको प्रवद्र्धनका लागि तत्कालीन राजाहरूले उपलब्ध गराएको इतिहास छ । हालको कुपण्डोलस्थित गुरुद्वारा २०३२ सालतिर बनाइएको हो । नेपालमा शिख समुदायको नेपालगञ्ज, वीरगञ्ज, बुटवल र कृष्णनगरलगायतका क्षेत्रमा बसोबास रहेको छ ।

शिख समुदायले नेपाल र भारतबीच रहँदै आएको सम्बन्ध विस्तारमा योगदान पुर्‍याउँदै आएका छन् । 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया