प्रधानमन्त्रीको प्रश्न : आवाज आयो ? मुख्यमन्त्रीको जवाफ : झ्यारझ्यार आयो, आवाज सानो आयो

 असोज १५, २०७६ बुधबार १८:१०:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल टेलिकमको फोर जी सेवा देशका  ३२ जिल्लाका ५० भन्दा धेरै शहरमा सुरु भएको छ । काठमाण्डौको एक होटलमा सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो च्याट गरेर प्रधानमन्त्रीले फोर जी विस्तारको सुरुवात गर्नुभयो ।

यसका लागि सात वटै प्रदेशमा कार्यक्रम भएको थियो । काठमाण्डौबाट प्रधानमन्त्री र सात प्रदेशबाट मुख्यमन्त्री लाइभमा जोडिएर अलिअलि त कुरा गर्नुभयो । तर प्रविधिले साथ दिएन ।

भिडियो च्याटमा प्रधानमन्त्रीले सोध्नुभयो : आवाज आयो ?

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले जवाफ दिनुभयो : झ्यारझ्यार आएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्रीले बोलेको सुनिए पनि अरु मुख्यमन्त्रीको आवाज आएन । ४ मिनेटजति काठमाण्डौ र सात प्रदेशमा हेराहेर धेरै भयो । कुराकानी भएन ।
त्यसपछि प्रधानमन्त्रीले भन्नुभयो, ‘आज आवाज नआए पनि केही भएन, सुरुवात हो, अब बिस्तारै राम्रो होला ।’

सबै मुख्यमन्त्री अलमलिएपछि प्रधानमन्त्री ओलीले फोर जी सेवामार्फत नेपालको सूचना प्रविधिको क्षेत्र नयाँ युगमा प्रवेश गरेको बताउनुभयो । बीचैमा ओलीले भन्नुभयो, ‘साउन्ड बिग्रेको रहेछ ।’

अन्त्यमा प्रधानमन्त्रीले फोर जीको स्पिड चेक गर्नुभयो  । फोरजी सेवाकोे डाउनलोड स्पिड २३५ एमबीपीएस र अपलोड २४.१ एमबीपीएस देखियो ।

सम्बन्धित समाचार


अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया