अस्मिता आले इंग्ल्याण्डको यू-१९ महिला टिममा स्थान बनाउन सफल

 असोज १६, २०७६ बिहीबार ७:३:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाली मुलकी महिला फुटबल खेलाडी अस्मिता आले इंग्ल्याण्डको यू–१९ फुटबल टिममा परेकी छिन् । १७ वर्षीया अस्मितालाई उनको प्रदर्शनका आधारमा टिममा राखिएको हो ।

इंग्लिस क्लब एस्टन भिल्लाकी डिफेन्डर अस्मिताले अब इंग्ल्याण्डको युथ समूहबाट प्रतिनिधित्व गर्दै साइप्रस, बेलारुस र सर्वियासँग खेल्नेछिन्।

अस्मिता इंग्ल्यान्डको यु–१९ टोलीमा समेटिएको उनको क्लब एस्टन भिल्लाले उल्लेख गरेको छ । सेन्टर डिफेन्डर अस्मितालाई यतिबेला इंग्ल्याण्ड महिला टिमको भविष्यका स्टार खेलाडीका रुपमा पनि हेरिन थालिएको छ ।

को हुन अस्मिता ?

अस्मिता आले, भुतपूर्व नेपाली ब्रिटिस आर्मीकी छोरी हुन् । नेपाली समुदायलाई इंग्ल्याण्डको फुटबलमा परिचित गराउने पहिलो महिला खेलाडी बनेकी अस्मिताले निकै सानो उमेरदेखि खेल्न थालेकी थिइन् ।

आफ्ना दाजु असिमको खेल हेरेर फुटबल खेल्ने रुची राखेकी अस्मिताले २०११ मा एस्टोन भिल्लाको यू–११ को टिममा पहिलो पटक परीक्षण दिएकी थिइन् । उनका दाजु असिमले इंग्ल्याण्डको चेतयान्ड क्लबबाट १२ वर्ष मुनिको फुटबल खेलेका थिए भने पछि निनियटोन ब्याइजबाट प्रतिस्पर्धा गरेका थिए ।

पहिलो पटक ११ वर्ष मुनिको समूहमा ट्रायल दिएकी अस्मिताले सबैलाई इम्प्रेस पारेकी थिइन् । उनले भिल्ला पार्कमा दुई साताको परीक्षण दिएकी थिइन् । जसमा उनका प्रशिक्षक निकै प्रभावित भएका थिए । उनको गति, डिफेन्सको शैलीले प्रशिक्षकलाई प्रभाव पारेको थियो ।

त्यसपछि उनले ११, ११, १५ वर्ष मुनिको फुटबल खेलेर अहिले १७ वर्ष मुनिको टिममा स्थान बनाएकी हुन् । यसका साथै उनलाई इंग्ल्याण्डको महिला फुटबलकी भविष्यकी खेलाडी हुने विश्वास गरिएको छ ।

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया