त्रिकोणात्मक टी-२० सिरिजको उपाधि जिम्बाब्वेलाई

 असोज १७, २०७६ शुक्रबार ७:१:१० | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाल सहभागी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको उपाधि जिम्बाब्वेले जितेको छ । बिहीबार भएको खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गर्दै जिम्बाब्वेले सिरिज जितेको हो ।

इन्डियन एसोसियशनको मैदानमा सिंगापुरले दिएको १ सय ६८ रनको लक्ष्य जिम्बाब्वेले १८ ओभर ४ बलमा मात्र २ विकेट गुमाएर भेट्टायो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो । 

यो जितसँगै जिम्बाब्वेले ४ खेलमा ६ अंक जोडेर शीर्ष स्थान कायम गरी सिरिज जितेको हो । सिरिजमा ३ अंक जोडेको नेपाल दोस्रो स्थानमा रह्यो भने आयोजक सिंगापुर ३ अंक जोड्दै तेस्रो स्थानमा रह्यो ।

नेपाल जिम्बाब्वेसँगको दुवै खेलमा पराजित भएको थियो भने सिंगापुरलाई एक खेलमा हराएको थियो । सिंगापुरसँगको एउटा खेल भने वर्षाका कारण रद्द भएको थियो ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया