फोटो खिच्ने क्रममा खोलामा खसेर एक महिला बेपत्ता

 असोज २०, २०७६ सोमबार ९:१८:६ | रासस
unn.prixa.net

बागलुङ - बागलुङ जिल्लाको पश्चिम क्षेत्रमा फोटो खिच्ने क्रममा खोलामा खसेर आइतबार एक महिला  बेपत्ता भएकी छिन् ।

जिल्लाको तमानखोला गाउँपालिका–४ लाम्मेला घर भएर हाल काठमाण्डाै बस्दै आएकी ३२ वर्षीया देवी शिर्पाली बडिगाड खोलामा खसेर बेपत्ता भएकी जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

बुर्तिबाङको निर्माणाधीन लक्ष्मीकुण्ड घाट पुलदेखि झण्डै ३० मिटर तल खोलाको ठूलो ढुङ्गामा उभिएर फोटो खिच्ने क्रममा चिप्लिएर खोलामा खसेको स्थानीयले बताएका छन् । खोलामा खसेकी उनलाई खोलाले बगाएको प्रत्यक्षदर्शीले बताएका छन् ।

अर्जेन्टिनाका एक नागरिकलाई आफ्नो गाउँ पनि घुमाउने र घरमा बुवाआमासँगै दशैँ मनाउन भनेर घर जाँदै गर्दा उनीहरु शनिबार बुर्तिबाङ बजारमा बसेका थिए ।

आइतबार घुम्नका लागि बडिगाड खोलामा गएको र फोटो खिच्ने क्रममा शिर्पाली चिप्लिएर खोलामा खसेको इलाका प्रहरी कार्यलय बुर्तिबाङले जनाएको छ ।

खोलाले बगाएको थाहा पाएलगत्तै प्रहरी र स्थानीयले खोजी कार्य जारी राखे पनि फेला पार्न नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले बताउनुभयो । शिर्पालीलाई खसेको ठाउँबाट झण्डै ४०० मिटर तल रिभरहेडसम्म खोलाले बगाउँदै लगेको स्थानीयले बताएका छन् । 

अन्तिम अपडेट: कात्तिक २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया