अर्घाखाँचीकाे नरपानीमा जीप दुर्घटना: तीन जनाको घटनास्थलमै ज्यान गयाे

 असोज २०, २०७६ सोमबार १३:५९:५४ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची - अर्घाखाँचीको नरपानी भन्ने ठाउँमा केही बेर अघि भएको जीप दुर्घटनामा तीन जनाको घटनास्थलमै ज्यान गएको छ । 

कृष्णनगरबाट ठाडा हुँदै सन्धिखर्क तर्फ आउँदै गरेको लु १ ज ४३२९ नम्बरको जीप दुर्घटना भएको हो । घटनास्थलमा तीन जनाको शव भेटिएको  र उद्धार कार्य जारी रहेको प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टले बताउनु भयो ।

घटनास्थलबाट ५ जना घाइतेलाइ उपचारको लागि सन्धिखर्क ल्याउँदै गरिएको र आफूहरु घटनास्थल तर्फ जाँदै गरेको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताउनु भयो ।

मृतक र घाइतेहरुकाे परिचय खुल्न र घटनासम्बन्धी थप विवरण आउन बाँकी छ । 

अन्तिम अपडेट: चैत १३, २०८०

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया