सुन आयातमा लाग्ने भन्सार दर घटेसँगै बजारमा प्रभाव, मूल्य घट्न ...
मंसिर ११, २०८१ मंगलबार
भक्तपुर - काठमाण्डौबाट बनेपातर्फ जाँदै गरेको बा ५ ख ४३६७ नम्बरकाे मिनिबस र विपरीत दिशाबाट आउँदै गरेको बा २४ प २७४० नम्बरको मोटरसाइकल ठाेक्किँदा साेमबार एक जनाकाे ज्यान गएकाे छ ।
मिनिबस र माेटरसाइकल सूर्यविनायक नगरपालिका-८, भातेढिकुरमा एक आपसमा ठक्कर खाँदा दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ ।
दुर्घटनामा ज्यान गुमाउनेमा मोटरसाइकलको पछाडि बसेका रामेछाप लिखु गाउँपालिका–४ घर भएर हाल भक्तपुर सूर्यविनायक–९, नलिञ्चोक बस्ने ३५ वर्षीय रामबहादुर भुजेल रहेका छन् ।
दुर्घटनामा घाइते भएका भुजेललाई उपचारका लागि तत्काल उद्धार गरी सल्लाघारीमा रहेकाे डा इवामुरा अस्पताल लगिएकोमा थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो । उपचारका क्रममा उनकाे मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले बताउनुभयो ।
मोटरसाइकल चालक सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका-३ घर भएर हाल नलिञ्चोक बस्ने २९ वर्षीय अर्जुन थामीको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।
घटनामा संलग्न बस तथा माेटरसाइकल तथा बस चालक दोलखा भीमेश्वर नगरपालिका–८ भीरकोट बस्ने २६ वर्षीय विनोद खत्रीलाई महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरको नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रनाउ पोखरेलले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।