खुला ठाउँको हरियाली जीवन्तता राख्ने विषयमा काठमाण्डाै महानगर...
मंसिर ११, २०८१ मंगलबार
सन् २०२० मा आयोजना हुने युरोकप फुटबलको छनोट खेलमा इंग्ल्याण्डले पाँचाैँ जित हात पारेको छ । समूह ए मा रहेको इंग्ल्याण्डले ६ मध्ये ५ मा जित निकाल्दै १५ अंकसहित शीर्ष स्थानमा छ ।
सोमबार राति भएको खेलमा बुल्गेरियामाथि ६–० गोल अन्तरको फराकिलो जित निकालेको हो । इंग्ल्याण्डको जितमा रस ब्रेक्ली र रहिम स्टर्लिङले २–२ गोल गर्दा मार्कस रासफोर्ड र हेरि केनले १–१ गोल गरेका थिए ।
सातौं मिनेटमा रासफोर्डले ब्रेक्लीको पासमा उत्कृष्ट गोल गर्दै इंग्ल्याण्डलाई सुरुवाती अग्रता दिलाएका थिए । २० औं मिनेटमा ब्रेक्लीले स्टर्लिङको पासमा गोल गर्दै अग्रता दोब्बर पारे । त्यसको १२ मिनेटपछि ब्रेक्लीले व्यक्तिगत दोस्रो तथा इंग्ल्याण्डका लागि तेस्रो गोल गर्दा हेरि केनको पास सदुपयोग गरेका थिए ।
इन्ज्योरी समयको चौथो मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै इंग्ल्याण्डलाई पहिलो हाफमै ४–० को अग्रता दिलाउन सफल भए । स्टर्लिङको गोलमा केनको सहयोग रहेको थियो । पहिलो हाफमा ४ गोल गरेको इंग्ल्याण्डले बाँकी २ गोल दोस्रो हाफमा गरेको हो । ६९ औं मिनेटमा केनकै पासमा स्टर्लिङले व्यक्तिगत दोस्रो तथा टिमका लागि पाँचौं गोल थपेका थिए ।
सुरुदेखि दबाबमा रहेको बुल्गेरियाले ८५ औं मिनेटमा छैटौं गोल खान पुग्यो । यस्तै, समूह ए कै अर्को खेलमा कोसोभोले मोन्टिनेग्रोमाथि २–० को जित निकालेको छ । कोसोभोको जितमा २ गोल पहिलो हाफमा सम्भव भएका थिए । अमिर रहमानीले १० औं तथा ३४ औं मिनेटमा भिडाट मोरक्यूले १–१ गोल गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।