निराशाजनक 'कोप–२९' मा नेपालका लागि केही आशा
मंसिर ९, २०८१ आइतबार
काठमाण्डौ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले कप्तानको जिम्मेवारीबाट राजीनामा दिने घोषणा गरेका छन् ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै कप्तान खड्काले आफूले नेपाली क्रिकेट टोलीको कप्तानबाट राजीनामा दिने घोषणा गरेका हुन् । दर्श वर्षदेखि नेपाली राष्ट्रिय टोलीको कप्तानी गर्दै आएका पारस खड्काले अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले नेपाल क्रिकेट संघको निलम्बन फुकुवा गरेको भोलिपल्टै राजीनामा दिने घोषणा गरेका छन् ।
उनले आईसीसीले नेपाली क्रिकेटमाथि लगाएको निलम्बन फुकुवा गर्नु खुशीको खबर भएको भन्दै आगामी दिनमा नेपाली क्रिकेट, खेलाडी र सरोकारवालाको हितमा काम हुने उनले आशा व्यक्त गरेका छन् ।
पारस नेपाली क्रिकेटमा सर्वाधिक सफल कप्तान र खेलाडी हुन् । सन् २००४ मा राष्ट्रिय टाेलीमा पारसले डेब्यू गरेका थिए । सन् २००९ देखि राष्ट्रिय टोलीको कप्तानी सम्हालेका पारसले थुप्रै बाधा अवरोध र समस्यालाई पार लगाउँदै विश्वमा उदाहरणीय क्रिकेट देशको रुपमा नेपाललाई चिनाए।
सन् २००९ मा विनोद दासपछि पारसले कप्तानको जिम्मेवारी पाएका थिए । उनले एसीसी टी-२० एलिट कपमा मलेसियाविरुद्ध पहिलो खेल कप्तानी गरेका थिए ।
पारसको कप्तानीमा नेपालले डिभिजन ५ देखि ३ सम्मको उपाधि जितेको छ । त्यस्तै पारसले सन् २०१४ मा नेपाललाई पहिलो पटक टी-ट्वान्टी विश्वकप खेलाएका थिए ।
पारसले आफ्नो कप्तानीमा नेपाललाई वान डे मान्यता, पहिलो वान डे सिरिज र टी-ट्वान्टी सिरिज जिताएका थिए । पारस नेपालबाट वान डे र टी-ट्वान्टी दुवैमा शतक प्रहार गर्ने एक्लो र पहिलो खेलाडी समेत हुन् ।
साथै उनी टी-२० क्रिकेटमा लक्ष्य पछ्याउँदा शतक प्रहार गर्ने विश्वकै पहिलो कप्तान पनि बनेका छन् ।
याे पनि पढ्नुहाेस्
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।