मैत्रीपूर्ण खेलमा पेरुसँग बराबरीमा रोकियो उरुग्वे

 असोज २९, २०७६ बुधबार १०:३४:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा उरुग्वेले पेरुसँग बराबरी खेलेको छ । बुधबार बिहान लिमामा भएको खेलमा उरुग्वेले पेरुसँग एक–एक गोलको बराबरीमा चित्त बुझायो ।

रोमाञ्चक बनेको खेलमा पेरुले सुरुवाती अग्रता जोगाउन सकेन । खेलको २६ औं मिनेटमा नै उरुग्वे १० खेलाडीमा झरेको थियो । उसका डिफेन्डर जोस सिल्भा रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । जसका फाइदा उठाउँदै खेलको ३४ औं मिनेटमा पेरुले क्रिस्टोफर गोन्जालेसको गोलमा खेलमा अग्रता बनाएको थियो ।

मुख्य स्ट्राइकर लुइस स्वारेज बिनानै मैदानमा उत्रिएको उरुग्वे एक गोलले पछि परेको अवस्थामा २ वटा सुन्दर मौका पाएको थियो पहिलो हाफमा गोल फर्काउन असफल रह्यो ।

पेरुभन्दा बल पोसेसनमा अगाडि रहेको उरुग्वेले ८० औं मिनेटमा खेल बराबरी गर्न सफल भयो । उसका लागि नुन्जले गोल गरे । त्यसपछि भने दुवै टिमबाट थप गोल हुन सकेन ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया