गुल्मी : खोलामा डुबेर बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव भेटियो

 असोज २९, २०७६ बुधबार १६:५२:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

गुल्मी – गुल्मीमा मंगलबार दिउँसो खोला तर्ने क्रममा डुबेर बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव फेला परेको छ । 

मुसिकोट नगरपालिका ५ कलबिरा टोलका २१ वर्षीय दीपक विकको शव बुधवार दिउँसो चन्द्रकोट गाउँपालिका ८ बडिघाटको सिस्नेखोलामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रसिङ खड्काले बताउनुभयो । 

सुरक्षाकर्मी र स्थानीयले खोज्दै जाने क्रममा खोलाको किनारमा विकको शव फेला परेको हो । 

खोलाले बगाएर बेपत्ता भएकी त्यही ठाउँकी पाँच वर्षीया गरिमा विक भने अझै फेला पर्न सकेकी छैनन् । अहिले उनको खोजी कार्य जारी रहेको एसपी खड्काले बताउनुभयो । 

अन्तिम अपडेट: फागुन १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया