धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
धनकुटा – धनकुटा बजारको आसपासमा मात्र उत्पादन हुने सरिफा जिल्ला बाहिर निकासी हुन थालेपछि कृषकहरुले उचित मूल्य पाउन थालेका छन् ।
धनकुटा नगरपालिकाको ७ र ८ मात्र प्रायः बढी मात्रामा उत्पादन हुने सरिफा स्थानीय बजारमा मात्र खपत हुँदै आएको थियो । तर यस वर्ष भने धनकुटा बाहिर धरान, पोखरा, नारायणघाट, काठमाण्डौलगायतका ठूला शहरहरुम कृषकहरुले उत्पादन गरेको सरिफा निकासी भएपछि कृषकहरुले उचित मूल्य पाएका छन् ।
धनकुटा नगरपालिका–७ र ८ नम्बर वडाका आठपहरिया बस्तीहरुमा उत्पादन हुँदै आएको सरिफा उनीहरुले परम्परागत रुपमा नै खेती गर्दै आएका छन् । उनीहरुले बर्षौदेखि सरिफा उत्पादन गर्दै आएको भए पनि स्थानीय हाटबजारमा मात्रै बिक्री गर्दै आएका थिए । तर यस वर्ष धनकुटा नगरपालिका–४ लाँकुरेका व्यावसायिक कृषक जितेन्द्र आठपहरियाले बोटमा नै ४० देखि ६० रुपयाँ प्रति केजीका दरले खरिद गरी दिएपछि सरिफा कृृषकहरुले उचित मूल्य पाएका हुन् ।
सरिफा धनकुटा नगरपालिकाको वडा नम्बर ७ को चुवाबुङ र फोङ्सुवामा बढी मात्रामा उत्पादन हुँदै आएको छ भने वडा नम्बर ८ का टेकुनाला, याक्चना, याक्ते, सान्ताङ, खाम्बेला, सम्झना टोल, लुकुवा, डाँडाटोल, याखाटोललगायतका स्थानहरुमा बढी मात्रामा उत्पादन हुदै आएको वडा नम्बर ८ का वडाध्यक्ष सुमन आठपहरिया (राई) ले बताउनुभयो ।
स्थानीय कृषकहरुले उत्पादन गरेको सरिफा व्यवसायिक कृषक जितेन्द्र आठपहरियाले संकलन गरेर धनकुटा बाहिरका बजारमा बिक्री गरेका छन् । उनले कृषकहरुबाट प्रतिकेजी ६० रुपैयाँसम्ममा खरिद गरेको सरिफा धरान, नारायणघाट, पोखरा, काठमाण्डौलगायतका शहरमा ७० देखि ९० रुपैयाँसम्म प्रतिकेजीका दरले बिक्री गरिएको बताउनुभयो । सरिफा चिसो भन्दा पनि गर्मी क्षेत्रमा मात्र उत्पादन हुने गर्दछ ।
वर्षौँदेखि परम्परागत रुपमा धनकुटा नगरपालिका–७ र ८ का आठपहरिया कृषकहरुले उत्पादन गर्दै आएको सरिफा विगतका वर्षहरुमा स्थानीय बजार धनकुटा बसपार्क, बिहीबारे हटिया, हिलेबजार, मूलघाट, मदनचोक, चुवाबोटमा १५ देखि २५ रुपैयाँसम्ममा प्रतिकेजी बिक्री गर्दै आएका थिए । तर संकलन केन्द्र स्थापना गरी व्यापारीले घरमा आएर ४० देखि ६० रुपैयाँसम्ममा खरिद गरी दिएपछि आफुहरुले उचित मूल्य पाएको सरिफा कृषक धनकुटा नगरपालिका–८ की पूर्णश्वरी आठपहरियाले बताउनुभयो । वर्षमा एक पटक मात्र उत्पादन हुने सरिफा उत्पादनको सिजन भनेको साउन महिनादेखि सुरु भएर असोज महिनासम्म उत्पादन हुने गर्दछ । परम्परादेखि उत्पादन हुँदै आएको सरिफाको व्यवसायिक खेतीको लागि धनकुटा नगरपालिकाले खासै कुनै योजना बनाएको छैन ।
स्थानीय सरकार निर्माण भएसँगै धनकुटा नगरपालिकाले कृषि मेयर पर्यटन कार्यक्रम सञ्चालन गरी रहेको छ । तर अहिलेसम्म यो कार्यक्रमले एभोकाडो र ड्रागनफल खेतीलाई मात्र प्राथमिकतामा राखेको छ । एभोकाडोको त धनकुटा राजधानी घोषणा गरेर नै नगरपालिकाले अभियान सञ्चालन गरी रहेको छ । तर खान निक्कै मिठो र बिना लगानी उत्पादन हुने सरिफा खेतीतर्फ भने अहिलेसम्म नगरको ध्यान खासै जान सकेको थिएन ।
अहिले सरिफा उत्पादनबाट कृषकहरुले घरैमा बसेर राम्रो उत्पादन हुन थालेपछि पकेट क्षेत्र घोषणा गरी अब अभियानको रुपमा सरिफा खेती अभियानलाई अगाडी बढाइने वडाध्यक्ष सुमन राईले बताउनुभयो । उहाँले भन्नुभयो ‘अहिलेसम्म नगरपालिकाले सरिफा खेतीको लागि भनेर कुनै योजना बनाएको छैन । अब हामी पकेट क्षेत्र घोषणा गरेर व्यवसायिक खेतीको लागि अगाडी बढ्छौँ।’
सरिफा बारीका काल्ला तथा वरपरका जंगलमा जताततै लटरम्म आफैँ फल्ने गरेको छ । स्थानीय आठपहरिया कृषकहरुले सरिफाको दल राखेर कहिले पनि विरुवा उमारेका छैनन् । गाउँघरमा जताततै आफैँ उम्रिन्छ । आफैँ फुल्छ, फल्छ । सरिफाको बोटलाई न मल चाहिन्छ, न पानी नै चाहिन्छ । सुख्खा क्षेत्रमा पनि सरिफा फल्ने गरेकाले ३ देखि ४ वर्ष फलेपछि सरिफाको बोट आफैँ मर्ने गर्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।