खुला ठाउँको हरियाली जीवन्तता राख्ने विषयमा काठमाण्डाै महानगर...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै - ज्योति पाण्डेको उत्कृष्ट ब्याटिङकाे मदतले विराटनगर टाइटन्सले काठमाण्डाैमा जारी वुमन्स च्याम्पियन्स लिगमा ललितपुर फाल्कन्सलाई ६ विकेटले हराएको छ ।
कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले २० ओभरमा सात विकेट गुमाउँदै एक सय २२ रन बनाएकाे थियाे । खराब सुरुवात गरेको ललितपुले चार रनमा पहिलो विकेट गुमायो ।
त्यसपछि ४७ रन बनाउँदा उसले ५ विकेट खेर फालेको थियो । उसका माथिल्लो क्रमको ब्याटिङ खराब रह्याे । रोशनी बोहरा नौ रनमा आउट भइन् भने सरिता मगरले एक तथा कप्तान नेरी थापाले ४ र शान्ती चौधरीले नौ रनको योगदान गरिन् ।
उसका लागि ममता चौधरीले सर्वाधिक २८ रन बनाउँदा करुणा भण्डारीले २१ रन जोडिन् । अन्तिममा कृति शेन र सम्झना खड्काले अलिक राम्रो खेलेपछि ललितपुरले मध्यम लक्ष्य दिन सफल भयो । कृति र सम्झनाले समान १३–१३ रन बनाएका थिए ।
जवाफमा विराटनगरले १६ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्याे । विराटनगरका लागि ज्योति पाण्डेले अर्धसतक बनाइन ।
उनले विराटनगरका तर्फबाट पहिलो विकेटका लागि सोनु खड्कासँग ८३ रनको साझेदारी गर्न सफल भइन् जुन यो प्रतियोगिताको सर्वाधिक ठूलो साझेदारी हो ।
उनले ४३ बलमा १० चौका र एक छक्काको मद्दतले ६५ रन बनाइन् । बलियो सुरुवात गरे पनि विराटनगरले बीचमा चार विकेट सस्तैमा गुमायो । लक्ष्मी चौधरी शून्य रनमा आउट भइन् भने कप्तान सिता मगरले खाता नै खोल्न सकिनन् ।
यो जितसँगै विराटनगरले पहिलो खेलमा नै दुई अंक जोड्न सफल भएको छ । प्रतियोगितामा शुक्रबार पनि दुई खेल हुनेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।