भारतविरुद्ध ट्वेन्टी ट्वेन्टी क्रिकेट सिरिजका लागि बंगालदेशको टोली घोषणा

 कात्तिक १, २०७६ शुक्रबार १०:१३:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतविरुद्ध हुने तीन खेलको ट्वेन्टी ट्वेन्टी क्रिकेट सिरिजका लागि बंगालदेशको टिम घोषणा गरिएको छ । लेफ्ट आर्म स्पिनर अराफात सनी र तीव्र गतिका बलर अल अमीनलाई टिममा बोलाइएको छ ।

यस्तै रुबेल हुसेनलाई भने टिममा राखिएको छैन् । ट्वेन्टी ट्वेन्टीमा शाकिब अल हसनले कप्तानी गर्नेछन् । बंगलादेश टिमका मुख्य चयनकर्ता मिन्हाजुल अबेदीनले अल अमीन अहिले उत्कृष्ट लयमा रहेकाले टिममा राखिएको बताए । अल अमीनले २०१६ मा भारतमा भएको ट्वेन्टी ट्वेन्टी विश्वकपमा खेलेका थिए ।

यसैगरी अराफात सनीलाई ब्याकप स्पिनरको रुपमा राखिएको छ। तेजुल इस्लाम टेस्टमा मात्रै उपलव्ध हुने छन् । चयनकर्ताका अनुसार सौम्य सरकारलाई तेस्रो पटक प्रशिक्षकको आग्रहमा छनोट गरिएको छ ।

उनलाई टिममा नराख्ने मनस्थिति बनाए पनि प्रशिक्षककले भनेकाले टिममा राखिएको पनि बताए । भारत र बंगलादेशबीचको टी २० नोभेम्बर ३ तारिखदेखि सुरु हुनेछ । त्यसपछि टेस्ट सिरिज सुरु हुने छ । टेस्ट सिरिजका लागि भने टिम घोषणा गरिएको छैन ।

बंगलादेश टिम

शाकिब अल हसन (कप्तान), तमीम इकबाल, मोहम्मद नईम, मुशफिकुर रहीम, महमदुल्लाह, अफीफ हुसैन, अमीनुल इस्लाम, अराफात सनी, लिटन दास, सौम्य सरकार, मोहम्मद सैफुद्दीन, अल अमीन हुसैन, मुस्तफिजुर रहमान, मोसाद्दक हुसैन र शफीउल इस्लाम ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया