दाङमा पक्राउ परेका विप्लव नेताहरुको साथबाट केे-के बरामद भयाे ?

 कात्तिक १, २०७६ शुक्रबार १४:४७:४ | हेमराज शर्मा
unn.prixa.net

दाङ - देउखुरीको राजपुर गाउँपालिका-४ मुङग्रेठाबाट पक्राउ परेका नेत्रबिक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाका नेताहरुको साथबाट प्रहरीले हतियारसहित महत्वपूर्ण कागजात बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ परेका व्यक्तिहरु तथा उनीहरुको साथबाट बरामद गरेका हतियार, नगदसहित अन्य महत्वपूर्ण दस्तावेजहरु शुक्रबार सार्वजनिक गरेको हो । प्रहरीले प्रेस विज्ञप्ति जारी गरेर ६ थान पेस्तोल, २ थान म्यागजिन, ९ वटा गोली, एउटा सुलती बम, ३ लाख ८४ हजार ५ सय तीस रुपैयाँ नगद बरामद गरेको उल्लेख गरेको छ ।

साथै ३७ थान मोबाइल सेट, ग्लोबल आईएमईको ४ वटा चेक, २१ वटा झोला, १६ वटा डायरी, १३ वटा विभिन्न राजनैतिक दर्शनका किताब, चन्द उठाउन प्रयोग हुने ३० वटा लेटर प्याड र पार्टीको स्ट्याम्प छाप एक थान बरामद भएको प्रहरी प्रवक्ता डिीएसपी विनोदविक्रम शाहले जानकारी दिनुभयाे ।

बरामद गरेका हतियारमध्ये दुई वटा पेस्तोल लोड गरिएको अवस्थामा रहेकाे प्रहरीले जनाएको छ । नेकपाका नेताहरुको महत्वपूर्ण बैठक बसिरहेको भन्ने सूचना पाएको प्रहरीले बैठकस्थल नै नियन्त्रणमा लिएर पार्टीका मध्यपश्चिम कमाण्ड इन्चार्ज विरजंग भनिने चन्द्रबहादुर चन्दसहित २१ जना नेताहरुलाई गिरफ्तार गरेको थियाे । चन्द्रबहादुर चन्द नेत्रबिक्रम चन्दका दाजु हुन् ।

पक्राउ पर्नेहरुमा राप्ती ब्यूरो इन्चार्ज केशबहादुर बाँठा सुबाष, युवा संगठनका केन्द्रीय अध्यक्ष दिपराज सेर्पाली पाटन, रोल्पा जिल्ला इन्चार्ज सन्तोष सुबेदी प्रयास, न्यायिक विभाग संयोजक रामबहादुर थापा सहित २१ जना रहेका छन् ।

पक्राउ परेकाहरुलाई संगठित अपराध तथा राज्यविरुद्धको अपराधमा मुद्धा दर्ता गरेर कारबाही सुरु भएको प्रहरीले जनाएको छ । उनीहरुको बैठकमा पार्टीका प्रमुख महासचिव नेत्रबिक्रम चन्द विप्लव उपस्थित हुने भन्ने सूचना प्रहरीलाई आए पनि त्यसबारे केही खुलेको छैन ।

 

 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया