अबदेखि बाग्मती प्रदेशमा तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजको भाषा

 बैशाख २४, २०८१ सोमबार १२:२२:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – बाग्मती प्रदेशमा आजदेखि तामाङ र नेपाल अर्थात् नेवारी भाषा पनि सरकारी कामकाजको भाषाको रूपमा कार्यान्वयन भएको छ । बाग्मती प्रदेश सरकारले बनाएको प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८० आजदेखि लागू भएको हो ।

यसै अवसरमा आज काठमाण्डौको वसन्तपुरमा विशेष कार्यक्रम भएको छ । बाग्मती प्रदेशकाे संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा नेवार र तामाङ समुदायका झाँकीसहितको र्‍याली निकालिएको छ । अब प्रदेशका सबै मन्त्रालयको नामको साइन बोर्डमा नेपाली भाषासँगै तामाङ र नेपाल भाषा पनि लेखिने छ ।

बाग्मती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले गएको कात्तिकमा तामाङ र नेपाल भाषा सरकारी कामकाजको भाषा हुने राजपत्रमा प्रकाशन गरेको थियो ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया