यू-१९ एएफसी च्याम्पिनसिप छनाेटका लागि ३१ सदस्यीय खेलाडीको सूची सार्वजनिक

 कात्तिक २, २०७६ शनिबार ११:२:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - यू-१९ एएफसी च्याम्पियनसीप-२०२० को छनोट खेलका लागि नेपालको ३१ सदस्यीय खेलाडीको सूची सार्वजनिक भएको छ ।

प्रशिक्षक मेघराज केसीले ४८ जनाबाट शनिबार ३१ जनाको सूची सार्वजनिक गरेका हुन् । इरानमा हुने छनोट खेल नोभेम्बर ६ देखि सुरु हुने छ । समूह डी मा नेपालसहित युएई, इरान र कजाकस्तान रहेका छन् ।

शनिबार घोषणा गरिएको यू १९ को ३१ सदस्यीय खेलाडीको सूची यस प्रकार छ ।

गोलकिपर : विशाल सुनार, रोहित कार्की, सूर्य अधिकारी र पूजन होना 

डिफेन्डर : विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, असिम गुरुङ, अन्जल महर्जन, नवीन गुरुङ, रोशन दोङ, विकाश खवास, योगेश गुरुङ, विजयी श्रेष्ठ, निराजन महर्जन

मिडफिल्डर : दर्शन गुरुङ, शिशिर लेखी, रोशन राना मगर, रन्जन पुन, आकाश बुढा मगर, जय गुरुङ, मनिष थापा, नितिन थापा, अनिल महर्जन र  दिनेश हेमजन ।

फरवार्ड : बृजेश चौधरी, निरज चौधरी, मनिष डाँगी, राजिब लोप्चन, रेजिन सुब्बा र दीपेश आले मगर 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया