डब्ल्यूसीएल टी-२० : पाेखरा पल्टनलाई सात विकेटले हराउँदै चितवन राइनाेज प्लेअफमा

 कात्तिक २, २०७६ शनिबार १३:३४:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – महिला च्याम्पियन्स लिग (डब्ल्यूसीएल) टी-२० क्रिकेटमा पोखरा पल्टन चितवन राइनोजसँग सात विकेटले पराजित भएको छ ।

हारपछि पोखराको प्लेअफमा पुग्ने सम्भावना लगभग सकिएको छ । याे जितसँगै लगातार तीन खेल जितेकाे चितवन राइनाेज भने प्लेअफमा प्रवेश गरेकाे छ ।

कीर्तिपुर मैदानमा पोखराले दिएको एक सय २८ रनको लक्ष्य चितवनले १८ दशमवल १ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्‍यो । चितवनको जितमा काजोल श्रेष्ठले ५१ रनको योगदान दिइन् । 

पहिलो विकेटका लागि काजोल श्रेष्ठ र कञ्चन श्रेष्ठले ७१ रनको साझेदारी गरे । कञ्चनले २९ रन बनाइन् । त्यस्तै इन्दु बर्माले २४ रन जोडिन् । बलिङतर्फ अञ्जली चन्दले दुई विकेट लिइन् । 

यसअघि टस जितेर ब्याटिङ रोजेको पोखराले २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय २७ रन बनाएको थियो । 

पोखराका लागि कप्तान सीता रानामगरले सर्वाधिक ६५ रन बनाएकी थिइन् । १७ रन बनाउँदा दुई विकेट गुमाएको पोखराका लागि कप्तान सीता रानामगर र शिला क्षेत्रीले टिमलाई केही उकास्ने प्रयास गरेका थिए ।

चितवनका लागि ४ ओभर बलिङ गरेकी कविता गौतमले २ तथा रेखा रावलले १ विकेट लिइन् ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया