वुमन्स च्याम्पिन्यस लिग: क्याट क्वीन्स काठमाण्डौले विराटनगरलाई दियाे १४० रनकाे लक्ष्य

 कात्तिक २, २०७६ शनिबार १५:२४:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - वुमन्स च्याम्पिन्यस लिग क्रिकेटमा क्याट क्वीन्स काठमाण्डौले विराटनगर टाइटन्सलाई १४० रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको काठमाण्डौले निर्धारित ओभरमा २ विकेट गुमाएर १३९ रन बनाएकाे थियाे।

काठमाण्डौका लागि रोमा थापाले अर्धशतक पूरा गर्दै जारी प्रतियोगितामा अर्धशतक बनाउने छैटौँ खेलाडी बनिन् । रोमाले शनिबार नट आउट ५३ रन बनाउँदा कप्तान रुविना क्षेत्रीले नट आउट ३५ रनको योगदान गरिन् ।

यसैगरी रश्मी चौलागाईँले ३४ रन जोडेकी थिइन् ।

बलिङतर्फ विराटनगरकी डली भट्टले एक विकेट लिइन् ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया