आज र भोलि देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
फागुन १५, २०८१ बिहिबार
बाँके - बाँकेमा कुल जमिनमध्ये ३६ हजार ५०० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ ।
यस वर्ष फौजी किराले झण्डै १७ हजार हेक्टर क्षेत्रफलमा लगाएको धानबालीमा क्षति पुर्याएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । फौजी किरा पूर्ण रुपमा नियन्त्रणमा नआएको र धान काट्न बाँकी रहेका कारण क्षतिको विवरण अझ बढ्न सक्ने केन्द्रका प्रमुख सागर ढकालले जानकारी दिनुभयो ।
नियन्त्रणका लागि किसानलाई सूचना प्रवाह, स्थलगत अनुगमन र केही स्थानमा विषादीको पनि प्रयोग भएको गरिएको छ । आगामी बालीमा समेत किरा लाग्ने सम्भावना भएकाले सचेतनालगायतका अन्य कार्यक्रम सञ्चालन गर्ने तयारी छ ।
फौजी किराको प्रकोप दिनप्रतिदिन बढ्दै गएपछि बाँकेमा किसानहरुले राम्ररी नपाकेको धान भित्राउन थालेका छन् । किसानहरुले मंगलबार नेपालगञ्जमा रहनुभएका प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेललाई ज्ञापनपत्र बुझाउँदै प्रदेश सरकारबाट सहयोगको आग्रह गरेका छन् ।
प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले फौजी किरा प्रभावित क्षेत्रको स्थलगत अनुगमनमा रहनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।