माटोको ढिस्कोले पुरिएर रोल्पामा एक किशोरीको ज्यान गयाे

 कात्तिक ७, २०७६ बिहिबार १८:४५:४७ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा - रोल्पामा माटोको ढिस्कोले पुरिएर एक किशोरीको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

घर लिप्ने माटो खन्न रोल्पा नगरपालिका-३, खुमेल कमेरीधारा पुगेकी सुनिस्मृति गाउँपालिका-५, काभ्राकी १८ वर्षीया पवित्रा सेनको घटनास्थलमै ज्यान गएको प्रहरीले बताएको छ ।

घटनामा गम्भीर घाइते हुनेमा सुनिलस्मृति गाउँपालिका -५ काभ्राकै १६ वर्षीया सीता घर्ती र २२ वर्षीया भावना रोका छन् । दुवै घाइतेको प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरी बुटवल रिफर गरिएको छ । 

अन्तिम अपडेट: चैत २७, २०८०

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया