खुला ठाउँको हरियाली जीवन्तता राख्ने विषयमा काठमाण्डाै महानगर...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ – गलत तरिकाले क्लबहरुलाई लाइसेन्स वितरण गरेको भन्दै एसियाली फुटबल महासंघले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई १० हजार अमेरिकी डलर जरिबाना गरेको छ ।
एएफसीको केन्द्रीय कार्यालयमा बसेको अनुशासन तथा आचार समितिको बैठकले एन्फालाई १० हजार डलर अर्थात झण्डै ११ लाख रूपैयाँ जरिबाना लगाएको हो ।नियमविपरीत क्लब लाइसेन्स बाँडेको भेटिएपछि एन्फालाई कारबाही गरिएको एएफसीले जनाएकाे छ ।
फिफा र एएफसीले सन् २०१९ भित्र आफ्ना सदस्य राष्ट्रलाई क्लब लाइसेन्सिङ प्रणाली लागु गर्न निर्देशन दिएको थियो । जसमा क्लबहरूको आफ्नो प्रशिक्षण मैदान, एकेडेमीलगायतका शर्तहरू राखेको थियो । तर नेपालमा कुनै पनि क्लबसँग यो नभए पनि एन्फाले क्लब लाइसेन्स ९ वटालाई दिएको थियो ।
क्लब लाइसेन्स दिएका तीन क्लबका बारेमा एएफसीले बुझेको थियो । जसमा नियमविपरीत देखिएको थियो । जाँचको क्रममा तीन क्लबलाई न्यूनतम शर्तसमेत पूरा नगरी लाइसेन्स सिफारिस गरेको भेटिएको थियो ।
यदि यो गल्ती फेरि एन्फालाई दोहोर्याएमा दुई वर्षको प्रतिबन्धसहित ३५ हजार डलरभन्दा बढी जरिबाना गर्ने चेतावनी पनि दिएको छ ।
यो विषयमा एन्फाका महासचिव इन्द्रमान तुलाधरले भने, ‘फाइन लगाएको भन्ने आएको छ, यस विषयमा क्लब लाइसेन्टस कमिटीसँग आपतकालीन बैठक बसेर कुरा गर्न लागेका छौँ ।’ उनले के भएको त्यसको सत्यथत्य पत्ता लाग्ने पनि धारणा राखे । एएफसीको इमेल हेर्न बाँकी रहेको र विस्तृत विवरण अहिले थाहा नभएको बताए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।