नेपाली फुटसल टिमका प्रशिक्षक गुरुङलाई एक खेलकाे प्रतिबन्ध र एक लाख जरिबाना !

 कात्तिक ८, २०७६ शुक्रबार १५:२१:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली फुटसल टिमका मुख्य प्रशिक्षक विष्णु गुरुङ एक खेलको प्रतिबन्धमा परेका छन् । एएफसीको अनुशासन कमिटीले उनलाई एक खेलको प्रतिबन्ध गरेकाे हाे ।

एएफसी फुटसल च्याम्पियनसिपअन्तर्गत ताजिकिस्तानविरुद्धको खेलमा गुरुङले अनुशास विपरीत गतिविधि गरेको भन्दै रेफ्रीले कारबाहीका लागि सिफारिस गरेका थिए । जसमा उनलाई अनुशासन कमिटीले एक खेलको प्रतिबन्धमा पार्ने निर्णय गरेको हो ।

उनको यो कारबाही जारी एएफसी फुटसल च्याम्पियनसिपमा लागु हुनेछ । २३ अक्टोबरमा भएको खेलमा गुरुङले आचारसंहिताविपरीत देखाएकाे व्यवहारका कारण एएफसीले कारबाही गरेको हो । ताजिकिस्तानसँग नेपाल ६-० ले हारेकाे थियाे ।

यसका साथै उनलाई एक हजार अमेरिकी डलर पनि जरिवाना लगाएको छ । एएफसीको इथिक्स कमिटीले आर्टिकल ४८.२ मा रहेर जरिबाना लगाएको हो । गुरुङलाई लगाएको जरिबाना ३० दिनमा तिर्नुपर्ने पनि निर्देशन दिएको छ ।

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया