खुला ठाउँको हरियाली जीवन्तता राख्ने विषयमा काठमाण्डाै महानगर...
मंसिर ११, २०८१ मंगलबार
एएफसी फुटसल च्याम्पियनसिप छनोटअन्तर्गत सेन्टर तथा दक्षिण एसियाली छनोटको समूह ए मा रहेको नेपाल जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।
शुक्रबार अफगानिस्तानसँग भएको समूहको अन्तिम खेलमा ६-२ गोलले पराजित हुँदै नेपाल प्रतियोगितामा जितविहीन रहेको हो। खेलको दोस्रो मिनेटमा मोहसेन रेजायीको गोलबाट अफगानिस्तानले अग्रता लिएको थियो। छैटाैँ मिनेटमा आदिल हामिदले गोल गर्दै खेल बराबरीमा ल्याए । १२औँ मिनेटमा सैय्यद होसेन मौसभीले गोल गर्दै २-१ ले पछि परेको नेपालका लागि १६ औँ मिनेटमा मणि लामाले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए । १७औँ मिनेटमा अफगानिस्तानका अक्बर काजेमीले गोल गर्दा नेपाल पहिलो हाफमा ३-२ ले पछि पर्यो ।
दोस्रो हाफमा अफगानिस्तानले थप तीन गोल गर्यो । २७औं मिनेटमा मेहदी हशेमीले गोल गर्दा नेपाल ४-२ ले पछि पर्यो । ३६औं मिनेटमा फर्जाद महमोदी र खेलको अन्तिम मिनेटमा मौसभीले व्यक्तिगत दोस्रो गोल गरेपछि नेपाल अफगानिस्तानसँग ६-२ गोले पराजित भएको हो। नेपालको यो अगातर तेस्रो हारसमेत हो।
यसअघि अफ्नो पहिलो खेलमा ताजिकिस्तानसँग ६-० गोलले पराजित हुँदै दोस्रो खेलमा उज्बेकिस्तानसँग ४-१ ले पराजित भएको थियो । सन् २०२० मा तुर्केमिनिस्तानमा हुने एएफसी फुटसल च्याम्पियनसिपका लागि नेपाल सम्मिलित समूह एबाट उज्बेकिस्तान र ताजिकिस्तान छनोट भएका छन्।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।