इंग्लिस प्रिमियर लिग: एस्टन भिल्लालाई हराउँदै म्यानचेस्टर सिटी तालिकाकाे दाेस्राे स्थानमा

 कात्तिक ९, २०७६ शनिबार २०:१६:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले एस्टन भिल्लामाथि तीन-शून्यको जित निकालेको छ।

घरेलु मैदानमा शनिबार भएको खेलमा सिटीको जितमा रहिम स्टर्लिङ, केभिन डि ब्रुइन र गुन्डोगनले एक एक गोल गरे। जितसँगै सिटी तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

पहिलाे हाफ गोलरहित बराबरी खेलको सिटीले तीनै गोल दोस्रो हाफमा गरेको थियो । ४६ औंँ मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए ।

६५औंँ मिनेटमा केभिन डि ब्रुइनले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए ।  इलकाय गुन्डोगनले ७०औंँ मिनेटमा गोल थपेपछि सिटी तीन-शून्यले विजयी भयो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया