अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलेर यू-२३ टिम स्वदेश फिर्ता

 कात्तिक १०, २०७६ आइतबार १४:४८:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मंसिरमा काठमाण्डाैमा हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद सागको तयारीमा रहेको नेपाली फुटबल टिम स्वदेश फिर्ता भएको छ ।

नेपालको यू-२३ टिम मैत्रीपूर्ण प्रतियोगिता खेलेर कतारबाट फर्किएको हो । कतारमा नेपालले म्यानमारसँग मैत्रीपूर्ण फूटबल खेलेको थियो । जसमा नेपाल र म्यानमार दुई-दुई गोलको बराबरीमा रोकिएका थिए ।

नेपाल सागको तयारीमा छ भने म्यानमार आसियानको तयारीमा रहेको हो । शुक्रबार राति भएकाे म्यानमारविरुद्धको खेलमा नेपालले २ पटक अग्रता लिए पनि जोगाउन भने असफल भएको थियो । आइतबार स्वदेश फिर्ता भएको नेपाली फुटबल टिमलाई अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारीले स्वागत गरेका थिए ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया