नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले दक्षिण अफ्रिकालाई ११ ...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै - सागको तयारीका लागि महिला बिच भलिबल टोली श्रीलंका जाने तयारीमा रहेको छ ।
सागका लागि चार सदस्यीय टिमको घोषणा गरिएको र वैदेशिक प्रशिक्षणका लागि श्रीलंका जाने तयारीमा रहेको नेपाल भलिबल संघले जनाएको छ । संघले पोखरामा बिच भलिबलको कोर्ट निर्माण भइरहेकाले तिहार लगत्तै कम्तिमा १० दिन श्रीलंकामा वैदेशिक प्रशिक्षण गराउने जनाएको छ ।
सागको महिला टिम शनिबार घोषणा गरिएको थियो । बिच भलिबलका लागि कोपिला उप्रेती, विनिता बुढाथोकी, नेविका चौधरी र मनिषा चौधरी रहेका छन् । पुरुष बिच भलिबल टिमको घोषणा भने असोज २८ गते गरिएको थियो ।
पुरुषतर्फ मानबहादुर श्रेष्ठ, सञ्जुविक्रम शाह, दिल सुनुवार र राजु विक छन् । बिच भलिबल पोखरामा हुने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।