टी-१० क्रिकेट लिग: समूह चरणमा पारस र सन्दीपको भेट नहुने

 कात्तिक ११, २०७६ सोमबार १३:६:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - यूएईमा हुन लागेको टी-१० लिग क्रिकेटमा नेपालमा २ खेलाडी सहभागी हुँदैछन् ।

युवा लेगस्पिनर सन्दीप लामिछानेले विभिन्न फ्रेन्चाइज लिग खेलिसकेका छन् भने निवर्तमान कप्तान पारस खड्का पहिलो पटक विदेशी फ्रेन्चाइज लिग खेल्दै छन् ।

आउँदाे १४ नोभेम्बरमा प्रतियोगिताको उद्घाटन समारोह आयोजना हुनेछ भने १५ तारिखदेखि नियमति खेल सुरु हुनेछन् । प्रतियोगितामा सहभागी हुने ८ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । यस्तोमा सन्दीप लामिछानेको टिम कर्नाटका टस्कर्स समूह ए मा परेको छ भने पारसको टिम अबुधाबी समूह बी मा रहेको छ ।

पारस र सन्दीपको टिमबीच समूह चरणमा भेट हुनेछैन । प्रतियोगिता अन्तर्गत पारसको टिम अबुधाबीले नोभेम्बर १५ मा कलन्दर्ससँग खेल्नेछ । १६ तारिखमा सन्दीपको टिम कर्नाटका दिल्ली बुल्ससँग खेल्दा १७ तारिखमा पारसको टिम अबुधाबीले नर्दर्न वारियर्ससँग खेल्ने छ ।

१७ तारिखमै सन्दीपको टिम कर्नाटकाले बांग्ला टाइगरसँग खेल्दा समूह चरणको अन्तिम खेलमा पारस सम्मिलित टिम अबुधाबीले १८ तारिखमा मराठा अरेबियन्ससँग खेल्नेछ । त्यसै दिन सन्दीप सम्मिलित टिमले डेक्कन ग्लाडियटर्ससँग खेल्ने छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया