चिनियाँ क्लबमा अनुबन्ध हुने तयारीमा ग्यारेथ बेल

 कात्तिक १२, २०७६ मंगलबार १४:६:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

रियल मड्रिडका स्ट्राइकर ग्यारेथ बेल आउदो जनवरीमा चिनियाँ क्लबमा अनुबन्ध हुने तयारी गरेका छन् ।

क्रिस्टियानो रोनाल्डो अघिल्लो सिजन युभेन्टसमा अनुबन्ध भएपछि टिमको मुख्य स्ट्राइकरका रुपमा हेरिएका बेल आफ्नो भूमिकामा सोचेअनुरुप उत्रन नसकेपछि निकै आलोचित भएका थिए । जसका कारण उनको र प्रशिक्षक जिनेदिन जिदानको मनमुटाव सुरु भएको थियो ।

जसको नतिजा रियल उनलाई क्लवबाट रिलिज गर्न बारम्बार तयार भएको थियो । अब नयाँ चर्चामा उनी चिनियाँ क्लब सांघाई सेनहुवामा जाने तयारी गरेको बताइएको छ । ३० वर्षे बेललाई रियलले फ्री मा रिलिज गर्ने योजना बनाएको छ । यता चिनियाँ क्लबले पनि उनलाई अनुबन्धका लागि प्रक्रिया सुरु गरेको छ ।

बेलले आफ्ना एजेन्टसँग सुरक्षित ट्रान्सफरका लागि प्रक्रिया अगाडि बढाउन भनेर सल्लाह दिएका छन् । यसअघि रियलले खेल्दा बेल टिममा अटाएका थिएनन् । एक समय महंगो खेलाडीको सूचीमा परेका बेल टोटनह्यामबाट २०१३ मा कीर्तिमानी रकममा रियलमा अनुबन्ध भएका थिए ।

तर उनी चिनिया क्लबमा रियलले ३० देखि ४० मिलियन युरोमा बिक्री गर्न राजी हुने बताइएको छ । बेलले रियलमा ६ सिजन बिताउँदा मात्र ५३ प्रतिशत खेलमा सहभागिता जनाएका छन । उनले रियलबाट एक सय ६१ खेलमा ८० गोल गरेका छन् ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया