खुला ठाउँको हरियाली जीवन्तता राख्ने विषयमा काठमाण्डाै महानगर...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ – नेपाली पत्रकार तथा वृत्तचित्र निर्माता भोजराज भाटले एसियन फुटबल महासंघ(एएफसी) को ड्रिम एसिया अवार्ड जित्नु भएकाे छ ।
बुधबार मलेसियामा भएको अवार्ड कार्यक्रममा उहाँले १० हजार अमेरिकी डलर पुरस्कार रहेको त्यो अवार्ड जित्न सफल हुनुभयाे । एएफसीको सोसल रेस्पोन्सबिलिटी विधाअन्तर्गत भाटले सन् २०१५ मा निर्माण गरेको ‘सुनकली’ वृत्तचित्रबाट अवार्ड जित्नु भएकाे हाे ।
यो विधामा २७ आवेदकमध्ये तीनलाई विजेता घोषित गरिएको हो । भाटसँगै यो अवार्ड जापान इन्क्लुसिभ फुटबल फेडेरेशन र शेल कतार कूरा टाइम प्रोगाम नामक संस्थाले पनि जितेका छन् ।
मुगुका महिला फुटबलरमाथि बनाएको त्यस वृत्तचित्रमार्फत भाटले अन्तर्राष्ट्रिय स्तरमा नै चर्चा पाउनु भएकाे छ । ‘सुनकली’ वृत्तचित्र विश्वका एक सयभन्दा बढी फिल्म फेस्टिबलमा देखाइएको थियो । ‘सुनकली’ले २० भन्दा बढी अवार्ड जितेको छ ।
त्यस्तै खुश्बु ओलीले सञ्चालन गरेकाे शेल्टर आश्रय नेपालले एएफसी ड्रिम एसिया अवार्डअन्तर्गत सिल्भर अवार्ड र चाइल्डरिच नेपाललाई ब्राेन्ज मेडल प्रदान गरिएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।