चित्रले चिटिक्क काठमाण्डौका भित्ता (फोटो फिचर)
बैशाख १५, २०८१ शनिबार
श्रीलंकाविरुद्धको टी-२० सिरिज अस्ट्रेलियाले जितेको छ । तीन खेलको सिरिजमा घरेलु टोली अस्ट्रेलिया २-० ले अगाडि रहँदै एक खेलअगावै सिरिज जितेकाे हो ।
श्रीलंकासँगको दोस्रो टी-ट्वेण्टी क्रिकेट अस्ट्रेलियाले ९ विकेटले जितेको छ । अष्ट्रेलियाको ब्रिस्बेनमा श्रीलंकाले दिएको १ सय १८ रनको लक्ष्य अस्ट्रेलियाले १३ ओभरमा मात्र १ विकेट गुमाएर भेटायो ।
अस्ट्रेलियाले जिताउन डेभिड वार्नरले नटआउट ६० र स्टिभ स्मिथले नटआउट ५३ रन बनाए । एरोन फिन्च भने खाता नखोली आउट भए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले १९ ओभरमा सबै विकेट गुमाएर १ सय १७ रन बनायो । उसका लागि कुशल परेराले २७ र दनुष्का गुनाथिलकाले २१ रन बनाउनुबाहेक अरुले राम्रो प्रदर्शन गर्न सकेनन् ।
श्रीलंकालाई सस्तैमा समेट्न अष्ट्रेलियाका बेली स्टानलेक, प्याट कमिन्स, अस्टन अगर र एडम जाम्पाले समान २ विकेट लिए ।
पहिलो टी-२० अस्ट्रेलियाले १३४ रनले जितेको थियो । तेस्रो तथा अन्तिम टी-२० शुक्रबार हुनेछ ।