मानसिक स्वास्थ्यका कारण म्याक्सवेलले लिए क्रिकेटबाट 'ब्रेक'

 कात्तिक १४, २०७६ बिहिबार १३:५७:० | उज्यालो सहकर्मी
unn.prixa.net

श्रीलंकाविरुद्धको जारी सिरिजमै अस्ट्रेलियालाई ठूलो झड्का लागेको छ । टिमका अलराउण्डर ग्लेन म्याक्सवेलले क्रिकेटबाट ब्रेक लिने घोषणा गरेका छन् ।

उनले मानसिक स्वास्थ्यका कारण क्रिकेटबाट केही समय बिदा लिन लागेको बताएका छन् । अस्ट्रेलियन टिमका साइकाेलाेजिस्ट डाक्टर माइकल लाेयडका अनुसार मानसिक स्वास्थ्यमा केही समस्या देखिएपछि म्याक्सवेलले क्रिकेटबाट केही समय ब्रेक लिने निर्णय गरेका हुन् ।

शुक्रबार अस्ट्रेलियाले तेस्रो टी-२० खेल्दै छ । पहिलो र दोस्रो ट -२०मा म्याक्सवेलकै उत्कृष्ट प्रदर्शनका कारण अस्ट्रेलिया विजयी भएको थियो । म्याक्सवेलको ठाउँमा अस्ट्रेलियाले डी आर्सी शटलाई बोलाएको छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया