नेपालले बंगलादेशमा हुने एसीसी इमर्जिङ कप खेल्ने, पहिलो खेल भारतसँग

 कात्तिक १४, २०७६ बिहिबार १८:०:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - नेपालले बंगलादेशमा हुने एसीसी इमर्जिङ कप खेल्ने भएको छ । बंगलादेशमा नोभम्बर १२देखि २४ तारिखसम्म हुने प्रतियोगितामा मिति आज घोषणा गरिएको हो । यसमा नेपालले पनि भाग लिने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

यस प्रतियोगितामा नेपाल समूह बीमा रहेको छ । नेपालको समूहमा भारत, बंगलादेश र हङकङ रहेका छन् । यस्तै समूह ए मा पाकिस्तान, श्रीलंका, अफगानिस्तान र ओमान रहेका छन् ।

नेपालले पहिलो खेल १४ नोभेम्बरमा भारतसँग खेल्ने छ । १६ नोभेम्बरमा नेपालले हङकङसँग खेल्ने छ भने समूह चरणको अन्तिम खेलमा घरेलु टोली बंगलादेशसँग १८ नोम्भेरमा खेल्ने छ । दुई समूहका शीर्ष २ टिम सेमिफाइनलमा पुग्ने छन् । फाइनल खेल २३ नोभेम्बरमा मिरपुरमा हुने छ ।

यूएईले नाम फिर्ता लिएपछि याे प्रतियोगितामा नेपालले खेल्ने मौका पाएको हो । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया